झापामा साउन १४ गतेसम्मलाई थपियो निषेधाज्ञा


कनकाई अनलाईन
झापामा लकडाउन थप खुकुलो पार्दै आगामी एक साताका लागि थपिएको छ ।
झापामा साउन १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले ८ गतेदेखि १४ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

बैठकले बजार साँझ ७ बजेसम्म सञ्चालन गर्ने दिने, लामो तथा छोटो दुरीको सवारी आवगमनमा रोक नलगाउने निर्णय गरेको छ ।

पछिल्लो हप्तादेखि जिल्लामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । आजको निर्णयले थप खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर बढ्दै गइरहेको छ । अन्य निर्णयहरु यथावत रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू