शरणामती,साउन ५।झापा गाउँपालिका-६ को वडा कार्यालयको नयाँ भवनले बल्ल पुर्णता पाएको छ।
शरणामती बजारमा स्थित वडा कार्यालयको नयाँ भवन निर्माण वि.सं २०७२ साल देखि थालिएको थियो।तत्कालिन शरणामती गा.वि.सले पाँच लाख रुपैयाँ बजेटमा ०७२ साल देखि जग हाल्न सुरु गरेको निर्माण समिती संयोजक जयराम ताम्लीले बताए ‘०७२ साल देखि निर्माणका क्रममा रहेको कार्यालय भवनको वडा सिलिङ बजेट मार्फत दुई बर्षमा कुल ४२ लाख रुपैयाँ भन्दा बढी लागतमा निर्माण भएको हो।’
निर्माण सम्पन्न वडाको भवनलाई मंगलवार एक कार्यक्रमका बिच गाउँपालिका प्रमुख जयनारायण साह र उप-प्रमुख कुन्तीदेवी बुढाथोकीले विधिवत उद्घाटन गरेका छन।उद्घाटन पछी अब वडा कार्यालयले नयाँ भवन बाटै सेवा सुरु गर्ने वडा सचिव पुर्णचन्द्र मैनालीले बताए।
वडा कार्यालयको नयाँ भवन दुई तल्लाको रहेको छ।तल्लो तल्लामा तीन कोठा रहेका छन।माथिल्लो तल्लामा सभाहल रहेको छ। यता पुरानो भवनमा हुलाक, मेलमिलाप समिति, स्टोर, जेस्ठ नागरिक र वडा समेत गर्दा भवनमा कोठा अपुग रहेको थियो।अब वडाका सेवा नयाँ भवनमा सरे पछी हुलाक, मेलमिलाप समिति, स्टोर, जेस्ठ नागरिक जस्ता सेवा दिन सहज भएको मैनालीले बताए।