कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ मा निमार्णाधिन दुर्गापुर सामुदायिक तथा व्यावसायिक भवनमा ठेकेदार कम्पनीले लापर्वाही गरेपछि स्थानिय आन्दोलित बनेका छन ।
उक्त भवन निर्माणको जिम्मा पाएको जेभी एण्ड सन्स कम्पनीले निर्माणमा लापर्वाही गरेको स्थानीय बुद्धिजिवि चन्द्रमान कन्दङ्वाले बताउँनुभयो ।
उक्त भवनको ढलान गरेको १० दिनभित्रै ठेकेदारले सबै सेटिङको सामान झिकेपछि उक्त भवन जुनसुक्कै वेलापनि ढलेर ठुलो जनधनको क्षति हुनसक्ने भन्दै स्थानियले चिन्ता व्याक्त गरेका छन । ठेकेदार कम्पनीले समय नपुगि धमाधम ढलानको बाँसको टेका झिक्न थालेपछि स्थानीय युवाको अवरोध पछि ठेकेदार कम्पनीले बाकी कोठाको भने ढलानको टेको नझिकेको स्थानीय युवा राजु अधिकारीले बताउँनुभयो । १६ कोठे उक्त भवनको २ वटा कोठाको भने ठेकेदार कम्पनीले १० दिनमै टेको झिकेर भवन कमशल बनाइदिएको स्थानीय युवा राजा आङथुपोले बताए ।
ठेकेदार कम्पनीले उक्त भवन निर्माणका लागि ५१ लाखमा ठेक्का पारेको समेत आङथुपोले बताए ।
यसवारेमा ठेकेदार कम्पनीका प्रोपाइटर विवेक जबेगुसग सम्पर्ग राख्दा ओपिसि सिमेन्टले ढलान गरेको जुनसुक्कै भवन ७ देखि १० दिनमा टेको हटाउन मिल्ने बताउँनुभयो । स्थानीयको गुनासो आएपछि झिकेको बाँसमा समेत थप मजवुद फलामकै टेको पनि हालिदिएको छु ठेकेदारले भने । उनले आफुहरुलाई थप कामका लागि मजदुर राख्न नपाएकोले एउटा कोठाको मात्रै सटिङ १३ दिनमा हटाएको बताए । तर कनकाई अनलाईनकर्मी उक्त भवनमा जादा २ कोठाको सटिङ झिकिएको थियो ।
यता स्थानीय प्रेम सागर उप्रेती भने ठेकेदारले मान्छे राख्न पाएन भन्दैमा करौडौ रुपैँयामा बन्दैगरेको सार्वजनिक भवनको गुणस्तर बिर्गान नपाउने बताउँनुहुन्छ ।
यसवारेमा कनकाई नगरपालिकाका इन्जिनियर कुशल हुमगाईँसग यस वारेमा जिज्ञासा राख्दा नियम अनुसार २१ दिनपछि मात्रै भवन ढलानको सटिङ झिक्न मिल्ने बताउँनुहुन्छ । यो नियम सबैका लागि हो तर गर्मी मौसममा अलिक चाडो झिक्दा पनि केहि फरक प्रदैन जाडोमा भने कम्तीमा २१ दिन नपुगि झिक्न पाइदैन जनताको गुनासो आएपछि मैले पनि यसवारेमा चासो राखेको छु ठेकेदारले पुन टेका हालेको भनेका छन हुमगाईले कनकाई अनलाईनसग भन्नुभयो ।
यता स्थानीय राजु अधिकारी भने आफुहरु स्थानीय सबै युवा मिलेर होहल्ला गरेपछि मात्रै ठेकेदारले बाकी कोठाको सटिङ नझिकेको बताएका छन ।
कनकाईकै पुरानो बजार मानिने दुर्गापुर बजारमा कनकाई नगरपालिकाको लगानीमा बन्न लागेको व्यावसायिक भवन प्रतिकोठा ३५ सय रुपैँयामा डेढ लाख देखि २ लाख सम्म धरौती बुझाएर निर्माण नसकिदै भाडामा लागिसकेको स्थानीयको भनाई छ ।
मजदुरले ज्याला पाएनन
उक्त भवन निर्माणमा खटिएका स्थानीय २ जना मजदुरले आफुहरुले २२ दिनको ज्याला नपाएको बताएका छन । स्थानीय विवेक भुजेल र प्रकाश खनालले विहान देखि राती ६ बजेसम्म काम गरेको २२ दिनको हाजिरा आजसम्म नपाएको बताए । पुरानो ठेकेदारले काम छाडेर जादा नयाँले दिन्छु दिन्छु भनेर हालसम्म आलटाल गरिरहेको उनीहरुको गुनासो छ । इटा बोकेको पैसा पनि दिएनन दिन्छु भनेका छन अव हेरौ कहिले दिनेहुन बर्षदिन भइसक्यो दिएका छैनन भुजेलले भने ।
यता भवन निर्माण गरेको एक बर्षसम्म ठेकेदार कम्पनीकै जिम्मामा हुने कनकाई नगरपालिकाका इन्जिनियर हुमागाईँले बताएका छन । स्थानीय युवा भने निर्माणको सुरुवातमै कमजोरी भएकोले कम्तीमा ३ बर्षसम्मको कागज ठेकेदार कम्पनीलाई गराएर मात्रै भुक्तानी दिनुपर्नेमा जोड दिएका छन ।
तस्वीर ः दुर्गापुर सामुदायिक भवनको स्थानीयको अवरोधपछि विचैमा छाडेको टेको फोटो/ कनकाई अनलाईन