दुर्घटनामा परि गौरादहका दाहाल सरको निधन


कनकाई अनलाईन
गौरादह । झापा जिल्ला साविक महारानी झोडा गाउँ विकास समिति वडा नं ६ हाल गौरादह नगरपालिका ४ डोरामारी स्थाइ घरभइ हाल गौरादह १ डिपु चौकमा बसोबास गर्दै आएका डोरामारी माध्यमिक विद्यालय गौरादह ४ का पूर्व शिक्षक ७२ वर्षीय दहाल सर नामले चिरपरिचित चेतबहादुर दहालको निधन भएको छ ।

उनको सोमबार राति ८ः३० बजे गौरादहमा सडक दुर्घटनामा परी उपचारको क्रममा राति नै निधन भएको हो । खाना खाएर बेलुका सन्ध्याकालीन यात्राका क्रममा गौरादह बजार उत्तर ईलाका प्रहरी कार्यालय गौरादहदेखि करिब २०० मिटर उत्तर पैदल यात्राका क्रममा प्र।१(०१।०१२ प। ५९९० नं को उत्तरबाट दक्षिणतर्फ गैरहेको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्कर पश्चात् उपचाका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा राति नै उनको निधन भएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट मृत्यु भएका दहालसँगै पैदल यात्रा गर्ने गौरादह नगरपालिका ३ स्थायी बसोबास भएका मोहन उप्रेती पनि सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय गौरादहले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल गौरादह ४ बस्ने २८ वर्षे भरत रिजालले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलमा पछाडि सबार गौरादह ४ स्थायी घर भएका बर्ष २६ को रबिन पौडेलको लाइफलाइन अस्पताल र मोटरसाइकल चालक रिजालको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ ।

ठक्कर दिने मोटरसाइकल ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू