गोरखापत्रका कार्यकारी अध्यक्ष भण्डारीद्वारा राजीनामा


कनकाई अनलाईन
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजीनामा दिएका छन्।

उनले सञ्चार सचिव हरि बस्याँलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन्।

भण्डारीले आज ९सोमबार० अपरान्ह सञ्चार मन्त्रालयमै पुगेर सञ्चार सचिवलाई भेटेका थिए। साथै उनले आफ्नो ३२ महिने कार्यकालसम्म सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद दिए।

राजीनामापछि भण्डारीले भने, ुसरकार परिवर्तनपछि अघिल्लो सरकारले नियुक्त गरेको मेलै पदमा रहिरहनु उचित ठानिनँ, त्यसैले राजीनामा दिएको हुँ।ु

उनले आफ्नो कार्यकालमा उल्लेखनीय प्रगति गरेकोमा सन्तुष्टीसमेत व्यक्त गरे। उनले थपे, ुम लेखन क्षेत्रबाट आएको एकजना कलमजीवी हुँ। आगामी दिनमा पनि लेखनमै सक्रिय हुनेछु।ु

भण्डारीले आजै संस्थानले उपलब्ध गराएको एउटा मोबाइल र ल्याप्टप फिर्ता गर्दै कार्यालयबाट बिदा भएका थिए।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू