श्रीमती मार्ने श्रीमान पक्राउ


कनकाई अनलाईन
आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमान सजिलाल रिख्यासनलाई झापा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । झापाको गौरादह नगरपालिका–१ गेउरियामा ३९ वर्षीय सङ्गीता टुडुको हत्यामा संलग्न श्रीमान् सजिलाल मोरङको रंगेलीबाट पक्राउ परेका छन् । ३९ वर्षीय रिख्यासनलाई इलाका प्रहरी कार्यालय दमक, मोरङको गौरादह र रंगेली प्रहरीको समन्वयमा पक्राउ गरिएको दमकका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो ।

उनलाई मोरङ रंगेली नगरपालिका वडा नं.९ स्थित काकाको छोराको घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको कार्कीले बताएउनुभयो ।
उनलाई हत्या भएको ५ दिनपछि पक्राउ गरिएको हो । असार ३१ गते रिख्यासनले सङ्गीतालाई निर्ममता पूर्वक कुटपिट गरी हत्या गरी फरार भएका थिए । रिख्यासनले सङ्गीतामाथि लौरो प्रहार गरी हत्या गरेका थिए । दुवै जना मापसे गरी भएको विवादको क्रममा घटना भएको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू