झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल


कनकाई अनलाईन
झापा – झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ।

आज राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताए।

उनले भने, ‘गाउँपालिकाले गराएको एन्टिजेन परीक्षणमा अत्याधिक कोरोना संक्रमित भेटिन थाले। सिल नगरि नहुने अवस्था आयो।’


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू