दमक,१ साउन । झापाको दमक बाट जुवा खेलिरहेको अवस्थामा नगद सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले बिशेष सुराकीको आधारमा दमक ७ स्थित हाडखोलामा एक घर भित्र ठुलो परिमाणमा जुवा खेलिरहेको समयमा अघि साँझ ६ बजे पक्राऊ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउनु भयो ।
पक्राऊ पर्नेहरूमा घर धनी कर्ण बहादुर राई,गौरादह ३ का दिनेश अधिकारी,सोही ठाऊका इन्द्र राजबंशी,इटहरी ४ का बिक्रम गुरुग़,गौरादह २ का निर्मल थापा,दमक २ का रामबहादुर धिमाल,सोही ठाऊका राजन दाहाल,गौरादह ३ का अंकित कार्क़ी,दमक ७ का गंगा पाठक,इटहरी १९ का मिलन राई र दमक ६ का बिजय सिह रहेका प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथ बाट नगद २ लाख ८ हजार ९५ , १६ थान कौडा लगायतका समाग्री बरामद गरिएको बताइएको छ ।