कनकाई अनलाईन
बिर्तामोड, साउन १ गते । झापाको भद्रपुर नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–३ का २२ बर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार अपरान्ह साँढे ४ बजे देउनिया पुल छेउबाट पक्राउ गरेको हो । बिहिवार दिउसो साढे ४ बजेको समयमा मे ९ प २०८० नम्बरको रातो पल्सर मोटरसाईकलमा गइरहेका रजकलाई शंकालागि प्रहरीले चेकजाँज गर्दा उक्त परिमाणको लागुऔषध प्रहरीले फेला पारेको हो ।
पक्राउ परेका रजक लाई जिल्ला अदालतबाट म्याद थप गरि जिल्ला प्रहरी कार्यालय झापामा राखि उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउँनुभयो ।


