कनकाई अनलाईन
बिर्तामोडमा आज बिहान आफ्नै घर अगाडि अर्ध नग्न अवस्थामा २५ बर्षिय युवतीको शव फेला परेपछि थप अनुसन्धानका लागि प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर मगाएको छ ।
बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । ती युवती स्थानिय श्रृजनशील बचत तथा ऋण सहकारी संस्थामा कलेक्टरको काम गर्ने गरेको र आफ्नी सानीआमाको घरको माथिल्लो तलामा आमा दाजु सग बन्दै आएको बताइएको छ ।