Kanakai Online

भाइबेटरको तार खुस्काउँदा करेन्ट लागेर एकको मृत्यु


शनिवार, असार २६, २०७८ |

झापा,असार,२६ गते ।ईलाम सन्दकपुर-२ घर भई झापा बिर्तामोड-१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।