Kanakai Online

दुर्घटनामा परि बिर्तामोडका एमाले अध्यक्ष ज्ञानुरामको मृत्यु


शुक्रवार, असार २५, २०७८ |

कनकाई अनलाईन
नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईका पति ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी आज दिउसो मृत्यू भएको छ । प्रसाईको मेची अस्पतालले आज ४६ बर्षिय प्रसाईलाई आज मृत्युको घोषणा गरेको हो ।

शुक्रवार विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा पर्नुभएको थियो ।

उनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी शानुराम भट्टराईले बताउँनुभयो ।

सम्बन्धित खबर