Kanakai Online

कनकाईको लायन्स सप्ताहमा रक्तदान


शुक्रवार, असार २५, २०७८ |

कनकाई अनलाईन

 लायन्स क्लब अफ कनकाई सुरुङ्गाले एक हप्ता देखी सुरु गरेको लायन्स सर्भिस विकसप्ताह  रक्तदानका साथ सम्पन्न गरेको छ ।
 लायन्स क्लबले  हरेक  जुलाई १ देखी सुरुहुने एक वर्षे कार्यकालका सुरुकै दिन देखी आज ७ जुलाईमा सम्पन्न गरेको हो ।

लायन वर्ष २०२१/०२२ का डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीको वार्षिक कार्ययोजना अन्तरगतको पहिलो कार्यक्रमका रुपमा ल्याएका सप्ताहरुपी सेवाको अभियानलाई समर्थन जनाउँदै लायन्स क्लब अफ कनकाई सुरुङ्गाले जुलाई १ तारिहका दिन २ जना नयाँ सदस्यहरु लायन्स थप गरेर मेम्बरसिप ग्रोथको कार्यक्रस सम्पन्न गरेको थियो ।
त्यस्तै जुलाई २ मा दोश्रो कार्यक्रमका रुपमा शिवसताक्षी नगरपालिकाको शताक्षीधामको गौशालामा रहेका गाई–गोरु, बाँदर र परिेवाहरुलाई खाद्यान वितरणको पुन्य कार्य सम्पन्न गरेको थियो । त्यस्तै तेश्रो दिन शिवसताक्षी नगरपालिका वडा नं.–१० स्थित माईधारमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेका संस्कृत पाठशालाका बटुक तथा गुरुहरुलाई लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५१ नेपाल रिजन–अन्तरगतका २ वटा जोन–क्ष्क्ष् र क्ष्क्ष्क्ष् मा रहेका ६ वटा क्लवबहरुको संयुक्त रुपामा ७ थान खाट वितरण गरेको थियो । त्यस्तै चौथो कार्यक्रमको रुपमा सताक्षीधाम गौशाला तथा मन्दिर परिसरमा रहेका बटुकहरुलाई करिव २ महिना सम्मलाई पुग्ने गरी खाद्य सामाग्री वितरण कार्य सम्पन्न गरेको कुराको जानकारी द्वितिय उपाध्यक्ष सञ्जय गजुरेलले दिनुभयो । कार्यक्रमको पाँचौदिन कनकाई नगरपालिका वडा नं.–४ स्थित कोटिहोमका वृदाआश्रममा रहेका वृद्ध–वृद्धालाई राहत वितरण गरिएको थियो भने कार्यक्रमको छैठौ जुलाई ६ तारिका दिन आफ्नो संस्थाको भौतिक सम्पतिका रुपमा रहेको लायन्स सामुदायिक भवन सरसफाई तथा वृक्ष रोपण कार्यक्रम गरिएको क्लबका अध्यक्ष साजन थापा बताउनु भयो । सप्ताह कार्यक्रमको समापनका रुपमा अहिलेको विकराल परिस्थितिमा रगतको अभावले धेरै मानिसहरुले ज्यान गुमाउनु गरेको अवस्थामा आफ्नो सानो सहयोगले कशैको ज्यान बचाउन सकिने उद्देश्यले लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लीयो क्लब अफ कनकाई सुरुङ्गाको संयूक्त आयोजनामा एक वृहत रक्तदान कार्यक्रम सम्पन्न गरियो । उक्त रक्तदान कार्यक्रममा ६१ पिरिन्ट रगत संङ्कलन गरिएको कार्यक्रम संयोजक लायन विवेक शिवाकोटीले जानकारी गराउनु भयो ।

 आफु भन्दा कमजोर दिनदुखीहरुको सेवागर्ने संस्थाको रुपमा स्थापना भएको लायन्स क्लब अफ कनकाई सुरुङ्गले वर्ष २०२१/०२२ को कार्यकाललाई सफल पार्नका लागि वार्षिक कार्ययोजना अन्तरगत तयार पारिएको सम्ताहव्यापी कार्यक्रमको रुपमा तयार पारेर सेवामा जुटेर कार्यगर्ने गरेको क्लबका प्रथम उपाध्यक्ष डि.आर. सुवेदीले जानकारी दिनुभयो ।
सम्बन्धित खबर