Kanakai Online

बिर्तामोडका विपन्न परिवारलाई बंगुरको पाठा वितरण


मङ्गलवार, असार २२, २०७८ |

कनकाई अनलाईन
बिर्तामोड नगरपालिका वडा नम्बर ९ का अति विपन्न ४० दलित परिवारलाई बंगुरका पाठा वितरण गरीएको छ ।

सोमबार दलित जागरण अभियान केन्द्र विर्तामोडले विशेष कार्यक्रमका बिच नगरप्रमुख धुर्वकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले उनीहरुलाई वंगुरका पाठा वितरण गर्नुभयो ।

विर्तामोड नगरपालिका वडा नम्बर ९ को २ लाख ५० हजार आर्थिक सहयोगमा बंगुर पालन कार्यक्रम अन्तर्गत ४० जना विपन्न दलित परिवारलाई पाठा वितरण गरीएको वडाध्यक्ष पाठकले बताउनुभयो ।

नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धुर्वकुमार शिवाकोटीले वंगुर पालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गर्नु गर्नुभयो । वंगुर पालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरीएका वंगुरहरुको इन्स्युरेन्स र बिउको लागि थप भाले बंगुर समेत नगरले खरिद गरिदिने नगरप्रमुखले बताउँनुभयो ।

कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर वृद्वि गर्ने नगरपालिकाको उदेश्य रहेको प्रमुख शिवकोटीको भनाई थियो ।

दलित जागरण अभियान केन्द्रले बंगुर पालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटा भन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको नगरपालिका स्रोतले जनाएको छ ।

सम्बन्धित खबर