Kanakai Online

पत्रकारलाई स्पष्टीकरण मागेर पत्र काट्ने प्रअको कार्यशैलीको प्रेस संगठनद्वारा भर्त्सना


सोमवार, असार २१, २०७८ |

कनकाई अनलाईन

झापा । समाचारको बिषयलाई लिएर बिद्यालयका प्रधानाध्यापकले पत्रकारलाई स्पष्टीकरणका लागि हाजिर हुन भनि पत्र काटेको बिषयप्रति प्रेस संगठन झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले पत्रकार पार्थ मण्डललाई समाचारको बिषयलाई लिएर लक्ष्मी मावि कचनकवलका प्रधानाध्यापक राजु बुढथोकीले पत्र काटेकोप्रति आपत्ति जनाउदै बिज्ञप्ति जारी गरेको हो ।

प्रेस संगठन झापाका सहसंयोजक मण्डलले आफु कार्यरत सञ्चारमाध्यम थाहा खबरमा बिद्यालयले दर्ता नै नभएको फर्मलाई सार्वजनिक खरिद ऐन बिपरित टेण्डर स्वीकृत गरेको बिषयमा शनिबार समाचार लेखेका थिए । बिद्यालयले दर्ता नै नभएको फर्मलाई टेण्डर स्वीकृत गरेपछि अन्य बोलपत्र पेस गर्ने फर्मले त्यसको बिरोध जनाएपछि मण्डलले सो सम्बन्धी समाचार लेखेका हुन । उक्त समाचार सञ्चारमाध्यममा आए पछि बुढाथोकीले बिद्यालयको लेटरप्याडमा भोलि बिद्यालयमा आएर सम्पर्क गर्नु भन्दा भन्दै वास्तविक नबुझी समाचार प्रकाशन गरेकोमा सो सम्बन्धि लिखित स्पष्टीकरण पेश गर्नहुन भन्दै पत्र काटेर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।
संगठनले प्रअको यस्तो कार्य अहमताको पराकास्ठा भएको र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको ठहर गर्दै घोर भर्त्सना गरेको छ । समाचारको बिषयमा चित्त नबुझे पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत सम्बन्धित ठाउँमा उजुरी गरि कानुनी उपचार खोज्न समेत आग्रह गरेको छ ।

सम्बन्धित खबर