Kanakai Online

मेचीनगरमा कोरोनाले श्रीमान श्रीमतीकै मृत्यु


शनिवार, असार १९, २०७८ |

कनकाई अनलाईन
झापा मेचीनगर १३ मा कोरोना संक्रमणबाट श्रीमती वितेको २२ दिनपछि उनका श्रीमानको पनि कोरोना कै कारण मृत्यु भएको छ । तर श्रीमानलाई श्रीमतीको मृत्यु भएको पनि थाहै नभएको पाइएको छ ।

मेचीनगर–१३ का ६९ वर्षीय पुरुषको शुक्रवार राती बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ ।

२२ दिनअघि कोभिड संक्रमित भएपछि बीएण्डसी अस्पतालमा श्रीमान र श्रीमतीसँगै उपचारमा थिए । ६५ वर्षीया श्रीमतीको उपचारका क्रममा त्यतिबेलै मृत्यु भयो । उनका श्रीमानलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

श्रीमानलाई लाग्यो श्रीमती निको भएर घर गइन् । परिवारले पनि बुबाको त्यस्तो अवस्था देखेर आमाको बारेमा केहि भनेनन् । अँ अँ घरमै हुनु हुन्छ ,भन्ने मात्र जवाफ बुबाले पाउथे । तर, उनले श्रीमानलाई सदाका लागि छाडेर गइन् । भेन्टिलेटरमा उपचार गरिरहेका उनका श्रीमानको पनि शुक्रबार विहानको राति साढे १ वजे उपचारका क्रममा मृत्यु भयो ।
उनीहरुका तीन जना छोरा रहेका छन ।

योसँगै मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

सम्बन्धित खबर