Kanakai Online

लायन्स क्लवको पाचौ पद हस्तानतरण


शनिवार, असार १९, २०७८ |

कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको पाचौ पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ ।
बर्ष २०२० का अध्यक्ष लायन तथा संचारकर्मी मनोज बस्नेतले बर्ष २०२१ का अध्यक्ष साजनकुमार थापालाई आफ्नो पद हस्तानतरण गर्नुभयो ।
लायन्स क्लव कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष अध्यक्ष लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष साजन थापाले आगामि दिनमा लायन्सले थप सामाजिक गतिविधिमा सहभागि हुने र यसका लागि लायन्स फन्टलाई थप मजबुत बनाउदै लैजाने घोषणा गर्नुभयो ।
थापाले लायन्स भवनको उदघाटन गर्ने, लक्ष्मण सुवेदी स्मृति कोषको स्थापना गर्ने, फुड बैँकको स्थापना लगायातका गतिविधि गरिने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले लायन्स क्लव जहाँ दुख्ख समस्या परेको छ त्यहाँ उपलब्ध हुने बताउँनुभयो ।
लायन्स वर्ष २०२१ ् ०२२ कालागि अध्यक्ष थापासँगै निवर्तमान अध्यक्ष मनोज वस्नेतसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएपछि सवै पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम गरिएको हो ।

यसरी सर्वसम्मत साथै मनोनित भएका यस क्षेत्रका सामाजिक अभियन्ताहरु क्रमशः प्रथम उपाध्यक्षमा डिआर सुवेदी, द्वितीय उपाध्यक्षमा गंगाराम गजुरेल (संजय), तृतीय उपाध्यक्षमा सन्दिपबाबु प्रसाईँ, सचिवमा त्रिलोचन उप्रेती, कोषाध्यक्षमा मानवहादुर दहाल(कुमार), सह—सचिवमा सुवासचन्द्र वंशल, सह—कोषाध्यक्षमा भीमप्रसाद फुयाल रहेका छन् । त्यस्तै क्लव एडमिन्सट्रेटरमा राजकुमार कट्टेल, क्लव कोडिनेटरमा डाक्टर एस.के. झा, मेम्बरसिप चेयरपर्सनमा धर्मराज प्रसाईँ, सर्भिस चेयर पर्सनमा पंकज मण्डल, जनसम्पर्क अधिकारी (पिआरओ) नविन श्रेष्ठ, मेम्बरसिप स्किल डेभलप्मेन्ट अफिसर विवेक शिवाकोटी, टेल ट्वीस्टर केवल उप्रेती र टेमर राजकिशोर चौधरी रहेका छन् ।

क्लवलाई थप व्यवस्थित बनाउँन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस अनुसार क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयाको संयोजकत्वमा फण्डराइजीङ कमिटी साथै चिमरीयाकै संयोकत्वमा पूर्व अध्यक्षहरु गंगाराम दहाल, रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान र स्थानीय समाजसेवी विजय गजुरेल सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै सञ्जय गजुरेलको संयोजकत्वमा एनएलएफ कमिटी, गंगाराम दहालको संयोजकत्वमा क्लव नेटवर्किङ एवम् वेबसाइड व्यवस्थापन उपसमिति, मिडिया संयोजकमा मनोज बस्नेत, तालिम संयोजकमा जनक कार्की, स्वास्थ्य संयोजकमा सुरेन्द्र प्रधान रहने गरी जिम्मेवारी तोकिएको वर्ष २२ का अध्यक्ष थापाले जानकारी दिएका छन् ।
सोही कार्यक्रममा लायन गंगाराम गजुरेल (सञ्जय) लाई लायन्स वर्ष उत्कृष्ट अवार्ड प्रदान गरिएको छ । अवसरमा निर्माणाधिन अवस्थामा रहेको लायन्स सामुदायिक भवनकालागि स्थानीय सामाजिक व्यक्तित्व चुडामणि र निर्मला ढकाल साथै लियो क्लवका संस्थापक सहसचिव गीवसन ढकालसहित परिवारबाट रु.५१ हजारको चेक हस्तान्तरण गरिएको थियो ।

क्लवका द्वितीय उपाध्यक्ष गंगाराम गजुरेलको संचालन एवम् प्रथम उपाध्यक्ष डिआर सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु सुरेन्द्र प्रधान, रुपनारायण खतिवडा, गंगाराम दहाल, पत्रकार महासंघ प्रदेश कमिटी सदस्य लीलाराज झापाली प्रेस क्लव कनकाईका अध्यक्ष रामप्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन लायन डिआर सुवेदीले गर्नुभएको थियो ।

सम्बन्धित खबर