Kanakai Online

झापा गाउँपालिका ५ खयरबारीमा बिरिङ पस्यो


शनिवार, असार १९, २०७८ |

कनकाई अनलाईन
आज बिरिङमा आएको बाढीले झापा गाउँपालिकाको वडा नं। ५ खयरबारीमा तटबाँध फुटाएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार नदीले धमाधम बाँध भत्काइरहेको हुँदा २० घर डुबानमा परिसकेका छन् भने आसपासको बस्ती उच्च जोखिममा परेको छ ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं।७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं। ५ को बालुबथानतिर पस्ने अवस्था छ ।

जिल्लाका विभिन्न स्थानमा आजको अबिरल बर्षाका कारण थुप्रै स्थान जलमग्न भएको र त्यसको विवरण आउन बाँकी रहेको समेत अध्यक्ष ढकालले बताएका छन् ।

सम्बन्धित खबर