Kanakai Online

विकासमा विभेदमा परेका भद्रपुरका अधिकांस भित्री सडक जलमंग्न


शनिवार, असार १९, २०७८ |

कनकाई अनलाईन
भद्रपुर नगर क्षेत्रका भित्री बस्तीका अधिकाम्स सडक स्तरीकरणमा नगर सरकारले विभेद गर्दा वर्षादमा हिड्न नसकिने अवस्था सिर्जना हुने गरेको छ ।
नगर सरकारले सडक निर्माणमा राजनीतिक फाइदा हेरेर काम अगाडि बढाउँदा नगर भित्रका कतिपय बस्तीका सडक डुवानमा पर्ने गरेका हुन् ।
मानव बस्तीसित जोडिएका महत्वपूर्ण भित्री सडक निर्माण तथा स्तरीकरण गर्न ध्यान नदिइरहेको नगर सरकारले राजनीतिक र आर्थिक लाभ लिन सकिने प्लटिङ, खेती क्षेत्रमा भने सडक विस्तार र स्तरीकरण गरेर नगर क्षेत्रमा तीव्र विकास स्वरूप देखाइरहेको स्थानीयको दुखेसो छ ।
भद्रपुरनगरपालिका क्षेत्रका अधिकाम्स भित्री सडकमा पानीको उचित निकास सहित सडक स्तरीकरण नहुँदा धेरै बस्तीका बासिन्दा वर्षामा डुवान व्यहोर्न र हिउँदमा धुलो, खाडल सहन बाध्य भएका छन् ।
टोल विकास मार्फत ग्रामिण सडक स्तरीकरणमा लगानी गर्ने भनिए पनि भद्रपुर नगर सरकारका जिम्मेवार पदाधिकारी आफ्ना पक्षका मानिसको बाक्लो बस्तीका सडकलाई मात्र रोज्ने गरेका कारण घैरै सडक डुवान भएको समेत स्थानीय बताउँने गर्छन् ।
पानीको उचित निकास नहुँदा भद्रपुरका सडक डुब्दै
भद्रपुर, १९ असार ।
केही दिनयता निरन्तरको वर्षापछि भद्रपुर नगर क्षेत्रका अधिकाम्स भित्री सडक तथा वस्ती पानीको डुवानमा परेका छन् ।
नगर सरकारले सडक विस्तार तथा स्तरीकरण गर्दा समेत पानीको निकास सहज हुने गरी नालीको प्रवन्ध गर्न नसक्दा अधिकाम्स वस्ती र सडक डुवान झेल्न बाध्य भएका हुन् ।
भद्रपुर नगर क्षेत्रमा सघन सहरी विकास तथा नगर कोष मार्फत निर्माण भएका अधिकाम्स सडकका नालीबाट सहज पानी बग्न नसकेका कारण डुवान सहनु परेको स्थानीयको गुनासो छ ।
नगर भित्र निर्माण सम्पन्न भएका कालोपत्रे सडक पानी पसेका कारण भत्कन थालेको भए पनि नगर सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ ।
स्थानीय अरविन्द अधिकारी संघीय सरकारको लगानीदेखि स्थानीय सरकारको लगानीसम्ममा निर्माण भएका सडक पानी निकासमा ध्यान नदिँदा सडक नै डुवानमा परेर आवतजावतमा समस्या भइरहेको छ ।

सम्बन्धित खबर