कनकाई अनलाईन
देशमा कोरोना कहरका कारण रगत अभाव भइरहेको बेला नेकपा माओवादीको भातृ संगठन वाइसिएल नेपाल बुद्धशान्ति गाउँपालिकाद्धारा आज रक्तदानको आयोजना गरेको छ ।
माओवादी बुद्धशान्ति गाउँपालिकाको व्यावस्थापन तथा रेडक्रस सोसाइटी बुद्धशान्तिको प्राविधिक सहयोगमा बुद्धशान्ति ३ स्थित राम जानकी मन्दिरमा भएको रक्तदानमा १३ जना महिला सहित ६९ जनाले रक्तदान गरेको वाइसिएल जिल्ला अध्यक्ष ददिराम रिमालले बताउँनुभयो ।
ने.क.पा (माओबादी केन्द्र) झापा जिल्ला सहायक इन्चार्ज तथा संघिय संसद धर्मसिला चापागाईंको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता वाइसिएल बुद्धशान्ति गाउँपालिका अध्यक्ष सरोज घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईले कोरोना कहरले गर्दा विश्व आक्रान्त बनेको बेलामा युवा जमात चुप लागेर बस्न नहुने बताउँनुभयो ।
यो विषम परिस्थितिमा रगत अभाव भइरहेको अवस्थामा युवाहरु आफै जागरुक भई आयोजना गरिएको यो रक्तदान कार्यक्रम अत्यन्तै सम्मानिय र अनुकरणीय रहेको चापागाईको भनाई थियो । चापागाईले अब देशको जिम्मेवार युवाहरुको काधमा आएको भन्दै सम्पुर्ण परिवर्तनकारी युवाहरु एकभई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ने.क.पा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद झलक सिंह दर्लामी, पार्टीका प्रदेश कमिटी सदस्य एवं झापा जिला सचीव मणि कुमार साम्पाङ्ग बिजय प्रदेश सदस्य सि.पि कडरिया,असिम गोधराज दाहाल,श्यामवीर लिम्बू,खड्क तिमिल्सिना पवन ,बुद्धशान्ति नगर इन्चार्ज रोसन तिमिल्सिना, वाइसिएल केन्द्रिय सदस्य कुमार आचार्य लगायातको आतिथ्यता रहेको थियो ।