Kanakai Online

ब्राउन सुगर सहित २ जना पक्राउ


शुक्रवार, असार ११, २०७८ |

झापा, असार ११ ।झापाको छुट्टा छुट्टै स्थानमा लागू औषध सहित २ जना पक्राउ परेका छन्  ।

हिजो राती साढे १२ बजे झापा बाह्रदशी गाँउपालिका-२ जनता बजारमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे८प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्ची-६ का २७ बर्षीय प्रशान्त बिक्रम थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

यसै गरी आज बिहान १० बजे झापा गाँउपालिका-२ झापा बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ बर्षीय बिशाल मर्डीलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।