Kanakai Online

झापा गाउँपालिका बजेट-गर्भवती महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा,सुगर प्रेसरका औषधि नि:शुल्क


शुक्रवार, असार ११, २०७८ |

शरणामती,असार ११।झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि गाउँपालिकाका गर्भवती महिलालाई झापा जिल्लाभरीका अस्पताल सम्म लैजान लागि नि:शुल्क एम्बुलेन्स सेवा (जिरो होम डेलिभरी) प्रदान गर्नका लागि रु ५ लाख रकम विनियोजन गरेको छ।

त्यस्तै पालिकामा स्थायी बसोबास गर्ने नागरिकलाई सुगर,प्रेसर लगायतका औषधिहरु नि:शुल्क रुपमा प्रदान गर्न औषधि खरिदका लागि रु १० लाख रकम विनियोजन गरेको छ।

गाउँपालिकाले जन्म,मृत्यु संस्कार कार्यक्रमलाई रु २ हजारले वृद्धि गरि रु १० हजारका दरले प्रदान गर्न रु २० लाख रकम विनियोजन गरेको छ।त्यस्तै २० युनिट भन्दा कम विद्युत खपत गर्ने घर परिवारको विद्युत शुल्क स्थानिय सरकारले बेहोर्ने व्यवस्था मिलाइएको छ जसका लागि रु २० लाख रकम विनियोजन गरिएको छ।

सम्बन्धित खबर