Kanakai Online

झापा गाउँपालिकाले कृषिमा छुट्यायो २ करोड २३ लाख


बिहिवार, असार १०, २०७८ |

केशब चापागाईं

कामाटोली,असार १०।झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि आर्थिक विकास अन्तरगत कृषि तथा सहकारी विकासका लागि २ करोड २३ लाख रुपैयाँ रकम विनियोजन गरेको छ।

बिहिवार गाउँपालिकामा आयोजित नवौं गाउँसभाले पालिका उपप्रमुख कुन्तीदेवी बुढाथोकीले प्रस्ताव गरेको उक्त बजेटलाई पारित गरेको हो।

गाउँपालिकाले कृषि तथा सहकारी विकास अन्तरगत सहकारी विकासका लागि रु ६ लाख,उन्नत बीउ बिजनका लागि रु ५० लाख,कृषक तालिमका लागि रु २ लाख,सिचाँई व्यवस्थापन का लागि रु ३० लाख,कृषक कृषि समूह सहकारी तथा संघ संस्था संगको साझेदारी अनुदानमा कृषीजन्य मेसिन खरिदका लागि रु ३५ लाख,कृषिको लागि विद्युत विस्तार तथा व्यवस्थापनमा रु १ करोड बिनियोजन गरेको छ।

गाउँपालिकाले पर्यटनका लागि ४ लाख रुपैयाँ र पशु सेवा विकासका लागि ६ लाख रुपैँया समेत बिनियोजन गरेको छ। गत वर्ष आर्थिक विकास अन्तरगत कृषिमा ५८ लाख रुपैयाँ र पर्यटनमा रु २ लाख,पशु सेवा विकासमा ९ लाख बिनियोजन गरेको पालिकाले यस वर्ष भने ३.८४ गुणा बढी रकम कृषि तथा सहकारी विकासमा बिनियोजन गरेको छ।

सम्बन्धित खबर