Kanakai Online

शिवसताक्षीको नगरसभा स्थगित


बिहिवार, असार १०, २०७८ |

कनकाई अनलाईन
आर्थिक बर्ष ०७८/०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत नगरी झापाको शिवसताक्षी नगरपालिकाले आठौं नगरसभा स्थगित गरेको छ ।

आगामी असार १७ गते बिहान ११ बजे पुनः बस्ने गरी नगरसभा स्थगित गरिएको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए । ‘आज उद्घाटन गर्ने र विगत वर्षका बजेटको समिक्षा गर्ने काम मात्र कार्यक्रममा समेटिएको थियो’ उनले भने । सेड्युल अनुसार शिवसताक्षी नगरपालिकाको आठौं नगरसभा उद्घाटन भएर स्थगित गरिएको उनले जानकारी दिए ।

सभामा नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, ११ वटै वडाका अध्यक्ष र नगरसभा सदस्यले आफ्नो वडाको विकास निर्माण लगायत यसअघिका चारवर्षे कार्यप्रगति समिक्षा गरेका थिए । उनीहरुले चारवर्षसम्म आफुले गरेका कामको विवेचना गरेका थिए ।

यसपटकको नगरसभा भिन्न

सभाका अध्यक्ष नगरप्रमुख चन्द्रकुमार सेर्माले उपप्रमुख भोजकुमारी नेपाल सभाकक्षमा पुग्नुअगावै सभा सञ्चालन गरिसकेका थिए । अघिल्ला वर्षहरुमा नगरकार्यपालिकाका सबै सदस्य सहभागी भएपछि मात्र सभा सञ्चालन हुने गरेको थियो ।‘ म मेरै कार्यकक्षमा थिए ।

कार्यकक्षबाट सभाकक्षसम्म पुग्दा मेयर साहेबले राष्ट्रिय धुन बजाई सक्नुभएको रहेछ,’ उनले भनिन् । ‘ड्यासमा मेयर साहेब एक्लै बसेर सभा सञ्चालन गर्नुभयो । विगत वर्षका समीक्षा उहाँ आफैंले सभा सदस्यलाई बोल्न समय दिनुभयो ।’

एकजना सभा सदस्यले बढीमा तीन मिनेटको समय पाएका थिए ।

सभामा सहभागी एक कार्यपालिका सदस्यले भने, ‘ बोल्दाबोल्दै कतिपय सदस्यको समय सकिएको भन्दै मेयर साहेबले माइक खोस्नुभयो ।’ नगर प्रमुख शेर्माले नेपालको संविधान अनुसार नगरसभा संचालन भएको दाबी गरे । ‘कानुन मिचेर सभा संचालन गरिएको छैन,’ उनले भने ।

अरुलाई ‘नो इन्ट्री’

नगरसभा कक्षमा सदस्यबाहेक अरु कसैलाई पनि प्रवेश दिइएन । एकाध कर्मचारी काम विशेषले सभाकक्ष भित्र(बाहिर गरिरहेका थिए । उद्घाटन सत्रमा गरिने औपचारिक कार्यक्रम योपटक भएन ।

सभामा सहभागी एक वडाध्यक्षका अनुसार मेयर सभाध्यक्षसँगै सभाको सहजीकरण पनि गरिरहेका थिए । यसअघि राजनीतिक दल स्थानीय प्रतिनिधिलाई पनि सभामा बोलाउने गरिएको थियो । प्रदेश र संघका संसदपनि सभामा सहभागी हुन्थे । तर, योपटकको सभा मेयर एकापट्टी अन्य सदस्य अर्कापट्टि थिए । ‘

नगरप्रमुख शेर्मा ड्यासमा एक्लै थिए भने अन्य सदस्य यसको विपरित भागमा बसेका थिए । मेयर शर्माका अनुसार यो सभा विधिसम्मत सञ्चालन भएको छ ।

किन भयो स्थगित रु

बजेट प्रस्तुत नै नगरी नगरसभा निरन्तरताका लागि अर्को मिति तोकिएको विषयमा प्रवक्ता नवीन इजमले बजेटको खातामा केही नगर सदस्यलाई चित्त नबुझेपछि स्थगित गरिएको बताए ।

नगरसभा स्ठगित गर्नुको अरू कुनै कारण होइन । मेयर साहेबले तयार पारेको बजेटमा केहि विमती भएकाले नगरसभा स्थगित गरिएको उनले बताए । नगरबाट पहिलो वर्ष ४० लाख बजेट पाएका वडाले त्यसपछिका दुई वर्ष ५०र ५० लाख र गतवर्ष ६० लाख बजेट पाएका थिए। यो वर्ष बजेट ४० लाख हुने भएपछि वडाध्यक्षहरु असन्तुष्ट बनेका कारण सभा स्थगित भएको वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

तर नगर प्रमुख शेर्माले वडा सिलिङ बजेटको यसअघिको प्रतिफल सन्तोषजनक नरहेकोले सिलिङ बजेटकोअङ्कलाई घटाइएको उनले बताए ।

सम्बन्धित खबर