कनकाई अनलाईन
कनकाई नगरपालिकाको समेत आर्थिक बर्ष २०७८÷७९ को कुल ७३ करोड, ७१ ह्जार ४ सय २० रुपैँया बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बिहीवार आज प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक सुरक्षा बापतको करिब २० करोड रुपैँया भने समावेश नगरिएको प्रसाईले बताउँनुभयो । कनकाई नगरपालिकाले तय गरेको बजेटमा संघिय सरकारबाट प्राप्त हुने १४ करोड, २७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ८२ लाख ९९ हजार गरि १५ करोड ९ लाख, राजस्व बाडफाडबाट प्राप्त हुने संघिय सरकारबाट ८ करोड २८ लाख ४ सय ७५ रुपैँया, प्रदेश सरकारबाट प्राप्त हुने ९८ लाख ५५ हजार ४ सय २० रुपैँया प्राप्त हुने र नगरपालिकाबाट आन्तरिक स्रोतबाटै ५ करोड, ५५ लाख ७० हजार रुपैँया प्राप्त हुने लक्ष्य राखिएको छ । नगरपालिकाले कोरोना रोकथामका लागि अक्सिजन प्लान्टकै निर्माण गरिने र कोरोनाकै कारण मृत्युहुने प्रत्येक सदस्यलाई नगद २० हजार रुपैँया सहयोग गर्ने , आर्गनिक कृषिलाई प्राथमिकता, वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषिमा आउने चाहेमा अनुदान, आधुनिक कृषिका लागि औजार उपकरण खरिदमा ५० प्रतिशत अनुदान लगायातका आधारभुत कुराहरु राखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कार्यक्रमको संचालन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार न्यौपानेले संचालन तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका जनप्रतिनिधि कार्यपालिका सदस्य, कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियो ।