कामाटोली,असार ८।झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ।गाउँपालिकाले नवौं गाउँ सभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
गाउँपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम अघिल्लो वर्षकै हुबहु तयार गरेको छ।गाउँपालिकाले आर्थिक विकास अन्तर्गत अन्य बुँदा हुबहु राख्दै किसानहरुका लागि विशेष कार्यक्रम संचालन र कृषकको कृषि जन्य उत्पादन सहकारी मार्फत बजारीकरण गर्ने व्यवस्था मिलाउने दुई बुँदा थपेको छ।पर्यटन सबन्धी बुँदा पहिलेकै हुबहु राख्दै वित्तिय व्यवस्थापन अन्तरगत घरदुरी पहिचान कार्ड अनिवार्य रुपमा लागू गरि घरधुरी करलाई व्यवस्थित गरिनेछ भन्ने नयाँ बुँदा थपेको छ।सामाजिक र सांस्कृतिक विकास अन्तरगत शिक्षा सम्बन्धी सम्पुर्ण बुँदालाई गत सालकै यथावत राख्दै पालिकाबाट प्रदान गरिने छात्रवृत्तिलाई लक्षित वर्गसम्म पुर्याउनका लागि कार्यविधी लागू गरेर मात्र वितरणको व्यवस्था मिलाइनेछ भन्ने एक बुँदा नयाँ थपेको छ।स्वास्थ्यमा समेत अन्य बुँदा यथावत राख्दै शरणामती आयुर्वेद कार्यालयलाई थप व्यवस्थित गर्दै आयुर्वेद स्वास्थ्यलाई थप व्यवस्थित गर्दै लगिनेछ भन्ने नयाँ एक बुँदा थपिएको छ।
युवा तथा खेलकुदमा समेत अन्य बुँदा यथावत राख्दै आगामी वर्षमा १०० जना युवा जनशक्तीलाई उद्यमी बनाउनका लागि उद्यमशिलता तालिम सञ्चालन गरिनेछ भन्ने नयाँ एक बुँदा थपेको छ।खानेपानी तथा सरसफाई,महिला विकास,बालबालिका,जेष्ठ नागरिक,आदिवासी जनजाती दलित सबन्धी नीति,अपाङ्गता सम्बन्धी नीति,यौनिक लैङ्गिक अल्पसंख्यक खस आर्य सम्वन्धी नीति,संस्कृती प्रवधन तथा सामाजिक उत्थान,सामाजिक मेलमिलाप तथा न्याय निरुपण,भुमी सम्बन्धी नीति,पुर्वाधार विकास,संस्थागत विकास सेवा प्रवाह र सुशासन लगायतका सम्पुर्ण बुँदा गत वर्षकै हुवहु राखिएको छ।
वन तथा वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी अन्य बुँदा यथावत राख्दै कोरोना न्यूनीकरण र व्यवस्थापन गर्न विपद व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिनेछ भन्ने नयाँ एक बुँदा थपिएको छ।
गाउँपालिका अध्यक्ष जयनारायण साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नारा परिवर्तन गरिएको छ।”झापाको आधार:कृषिमा यान्त्रिकरण,आर्थिक समृद्धिको पुर्वाधार” भन्ने नारा राखिएकोमा सभा सदस्य वडा-७ वडा सदस्य इश्वरप्रसाद दाहालको सुझाव पछी “झापाको आधार:कृषिमा आधुनिकीकरण,आर्थिक समृद्धिको पुर्वाधार” भन्ने नारा राखिएको छ। नीति तथा कार्यक्रमको सुझाव संकलनमा वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले अध्यक्ष कप र उपाध्यक्ष कप हुंदा वडाध्यक्ष कप किन नहुने भन्ने प्रश्न राख्नु भएको थियो भने वडा नं ६ का वडासदस्य मोहन पोखरेलले विद्यालयमा अध्ययन गर्ने छात्रालाई साईकल वितरण गर्नुको सट्टा प्रत्येक वर्ष एउटा स्कुलबस खरिद गरे सबै विद्यार्थी लावाम्भित हुने सुझाव दिनुभएको थियो।यद्दपी आगामी वर्षको नीति तथा कार्यक्रमको अन्तिम चरणमा हुन्छ भन्ने पक्षले हुन्छ भने पनि हुदैन भन्ने आवाज कहि बाट नआएपछी अध्यक्ष साहले आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गर्नु भएको थियो।
यो पनि हेर्नुहोस।गत सालको नीति तथा कार्यक्रम