कनकाई अनलाईन
कनकाई नगरपालिका १ का एक ६० बर्षिय एमाले नेताको गए राती बिहिवार ११ बजे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
केहिदिन पहिलेदेखि मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भइ उपचारमा रहनुभएका उहाँलाई थप समस्या भएपछि मेची प्रादेशिक अस्पतालकै भेण्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । उहाँको निधन सगै कनकाई नगरपालिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या १७ पुगिसकेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।