Kanakai Online

मैले हारेकी छैन


बुधवार, असार २, २०७८ |

मैले हारेकी छैन

संसार जित्ने अभ्यास गर्दा गर्दै ,
कतै ठोकिन्छु,कतै लड्छु।
तर हारेकी छैन ।

लडेका घाऊ पुरिदा नपुरिदै,
फेरि तेहि आलो घाऊमै चोट लाग्छ ।
तर हारेकी छैन ।

साथ दिन्छु भनेर दिएका बचन,
आज न त्यो साथ छ, न त्यो बचन,
तर हारेकी छैन ।

जित्ने छु भन्दै ,चालेका पाइला,
घिसृदै ,चिप्लिदै ,ठोकिँदै चलाउदैछु ।
तर हारेकी छैन ।
मैले हारेकी छैन ।
अह हारेकी छैन ।

रोजीना निरौला
कनकाई.न.पा -३
झापा