कनकाई अनलाईन
दुबै मृगौला बिग्रिएर जीवन र मृत्युसग सङ्घर्स गरिरहेकी कनकाई ३ सुरुङ्गाकी ३१ बर्षिय सुधा दर्जीको उपचारका लागि पाथिभरा परोपकार संस्था कनकाई नगरपालिका ३ ले नगद ८ हजार ५ सय ६० रुपैँया आर्थिक सहयोग गरेको छ ।
सुधा विगत ३ महिनादेखि दुबै मृगौला बिग्रिएर डाइलोसिस गराउदै आउनुभएको छ ।
पथिभरा परोपकार संस्थाले आफ्नो ग्रुप म्यासेजबाट संकलित उक्त रकम सुधालाई पाथिभरा परोपकार संस्थाका अध्यक्ष निलकृष्ण सेढाँई र सचिव दिनानाथ खतिवडाले हस्तानतरण गर्नुभयो ।
विपतमा परेकाहरुलाई उपचारका लागि सानो भएपनि सहयोग गरेको र अन्य मनकारीहरुलाई समेत सहयोगको आग्रह गरिएको पाथिभरा परोपकार संस्थाका सचिव खतिवडाले बताउँनुभयो ।
३ छोरा र श्रीमान सहित सानो घरमा बस्दै आउनुभएका सुधाको आर्थिक स्थिति अन्यन्तै नाजुक रहेको छ । श्रीमान प्रकाश दर्जीले सामान्य सुरुङ्गा बजारको बाटोमा जुत्ता सिलाउने काम गर्दै आएपनि हाल लकडाउनका कारण सो पनि गर्न नपाएको र दिनभर विरामी श्रीमतीको हेरचाह गर्नुपर्ने कारण परिवारै भोकमारीमा समेत परेको सुधाका जेठाजु प्रेम दर्जीले बताउँनुभयो ।
Trending
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति
- धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
- आजदेखि नेपाल भारत सिमा नाका बन्द
- सुरुङ्गामा हनुमान जयन्तीको भव्य तयारी