हात्ती छेक्न लगाइएको करेन्टमा परी महिलाको मृत्यु


झापा, १ असार ःजङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ । आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लामा हात्ती धपाउन लगाइएको विजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।(रासस)


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनकाठमाडौं, साउन १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक…

कनकाई अनलाईनबुटवल, साउन १९ गते । लुम्बिनी प्रदेशका कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार…

कनकाई अनलाईनसामान्यतया एउटै व्यक्तिमा अनेकौं क्षमता र प्रतिभा हुँदैन । कुनै व्यक्ति एउटा विधामा पोख्त हुन सक्छन्, अर्को विधामा सामान्य…

प्रतिकृयाहरू