Kanakai Online

कनकाई अक्सिजन प्लान्टमा फणिन्द्र लीलादेविको २८ हजार


मङ्गलवार, असार १, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना हुन गइरहेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिका ३ निवासी फणिन्द्र प्रसाई तथा लीलादेवि प्रसाईबाट नगद २८ हजार रुपैँया सहयोग भएको छ ।
प्रसाई दम्पत्तीले नगरपालिकाद्धारा स्थापना हुनलागिरहेको अक्सिजन प्लान्टका लागि सहयोग गर्नुभएको हो । सहयोगी हातहरुलाई नगरपालिका परिवारले धन्यावाद प्रदान गरेको छ । अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग जुटनेक्रम जारी रहेको छ ।

सम्बन्धित खबर