कनकाई अनलाईन
विवेकशील साझा पार्टीका संस्थापक नेता उज्जल थापाको तेह्रौ पुण्य तिथिको अवशरमा आज पुर्वकै पर्यटकिय स्थल कनकाईको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रमा आज वृक्षारोपण गरेको छ ।
पार्टीका नेताको कोरोना संक्रमणका कारण काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । पार्टीको निर्देशन अनुसार आज झापाको कनकाई जामुनवारी र दमकको वालुवाटारमा वृक्षरोपण गरिएको हो । जामुनवारी सामुदायिक वन पार्टीका प्रदेश कमिटी सदस्य घनेन्द्रराज खनालको नेतृत्वमा भएको वृक्षरोपण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य भीमप्रसाद अधिकारी, पार्टीका अभियान विभागका केन्द्रिय सदस्य तुलसीराज उप्रेती, पार्टीका जिल्ला संयोजक मेदनी पाठक, पार्टीका जिल्ला युवा संयोजक राजेन्द्र खनाल, जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौला, पार्टीका दमक नगर सचिव जय बिमली लगायातका पार्टीका नेता तथा सामुदायिक वनका पदाधिकारीको उपस्थिति रहेको थियो ।
जामुनवारी सामुदायिक वन समुहमा ३०० वटा साल टिक, मसला, आप, लिची, कदम लगायातका बिरुवा रोपिएर जामुनवारी सामुदायिक वन समुहलाई हस्तानतरण गरिएको कार्यक्रमका संयोजक घनेन्द्रराज खनालले बताउँनुभयो । यता दमकको बालुवाटार पर्यटकिय क्षेत्रमा समेत नेता थापाको पुण्य स्मृतिमा १ सय ५० थान विभिन्न प्रजातिका बिरुवा रोपिएको कार्यक्रम संयोजक जय बिमलीले बताउँनुभयो । देशमा रचनात्मक आन्दोलनको सुरुवात गर्ने युवा नेता उज्ज्वल थापाको ४२ बर्षकै अल्पायुमै कोरोनाको कारण मृत्यु भएपछि उहाँका कार्यकर्ताहरुले समेत रचनात्मक तरिकाले उहाँको पुण्यतिथिमा वृक्षारोपण गरेको कार्यक्रम संयोजक घनेन्द्रराज खनालले बताउँनुभयो ।