कनकाई अनलाईन
झापाको मध्यभाग सुरुङ्गा कोरोनाको हटस्पट बन्दै गएको छ । कोरोना संक्रकणबाट आज एक्कैदिन एक्कै समयमा दुई पुरुषले ज्यान गुमाएका छन ।
कनकाई नगरपालिका ४ र ५ का दुई पुरुषको आज कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
कनकाई ४ का ६२ बर्षिय मगर थरका पुरुष र कनकाई ५ चप्रामारीका ४१ बर्षिय पाण्डे थरका पुरुषको आज दिउसो साढे दुई बजे निधन भएको हो । पाण्डेको उपचारका लागि लैजानेक्रममा मेची प्रादेशिक अस्पतालमा र मगरको नोबोल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
यो सगै कनकाईमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सङ्ख्या पनि १६ जना पुगेको कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो । झापामा कोरोना संक्रमित घटेपनि मृत्यु दर बढेपछि पुन एक साता असार ७ गतेसम्मका लागि लकडाउन बढेको छ ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान