Kanakai Online

कनकाई अक्सिजन प्लान्टमा युवा संघको साढे ६ लाख सहयोग


शनिवार, जेठ २९, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना हुन लागिरहेको अक्सिजन प्लान्ट निर्माणका लागि नेकपा एमाले (ओली समुहको) भातृ संगठन राष्ट्रिय युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैँया आर्थिक सहयोग गरेको छ ।
पार्टीका सुभेक्षुकहरुबाट संकलित सो रकम युवा संघका कनकाई नगर अध्यक्ष विश्वबिजय खरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गर्नुभएको छ ।
पार्टीका युवा भातृ संगठनहरु गुण्डागर्दी र अपहरण जस्ता गलत काममा प्रयोग भएर चौतर्फी बिरोध भइरहेको बेला कनकाई नगर कमितिको युवा संघले नगरपालिकाद्धारा स्थापना हुन गइरहेको अक्सिजन प्लान्टमा रकम सहयोग गरेर चौतर्फी चर्चा बटुल्न सफल भएको छ ।

सम्बन्धित खबर