Kanakai Online

झापामा पानी तान्ने मोटरबाट करेन्ट लागेर दुई जनाको गयो ज्यान


शुक्रवार, जेठ २८, २०७८ |

कनकाई अनलाईन
झापाको छुट्टा–छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

बिहिवार साँझ अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाईते हुनुभएको थियो । खड्काको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाँऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउदा गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर