कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गा बजार निवासी गृहणी किरण ठाकुरले कनकाई नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्ट निर्माणका लागि २१ हजार रुपैँया रकम सहयोग गर्नुभएको छ ।
ठाकुर कतारमा रहनुभएका उहाँका छोरा सन्निकुमार ठाकुर र परिवारको तर्फबाट उक्त सहयोग रक नगर प्रमुख राजेन्द्रकुमार पोखरेलाई हस्तानतरण गर्नुभएको हो । कनकाई नगरपालिकामा अक्सिजनको चरम अभाव भएदेखिनै कनकाई अनलाईन तथा कनकाई साप्ताहिकले समेत सहयोगका लागि सबैसग अनुरोध गर्दै आएको छ । न्युरो फार्मेसीका संचालक तथा आफन्त सरोज ठाकुर, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली लगायातको उपस्थितिमा उक्त रकम नगर प्रमुख पोखरेललाई हस्तानतरण गरिएको हो ।
यता अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले समेत आफ्नो तलव सुविधा वापतको नगद १० लाख रुपैँया जम्मा गर्नुभएको छ ।
नगरप्रमुख पोखरेलले सामान्य गृहणीहरुले समेत आफ्नो घरखर्च कटाएर अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।नगरप्रमुख पोखरेलले कनकाईमा अक्सिजन प्लान्ट निर्माणको टेण्डर प्रक्रिया समेत सुरु गरिएको बताउँनुभयो । नगरप्रमुख पोखरेलले देश तथा विदेशमा हुनुहुने सबैसमक्ष अक्सिजन प्लान्ट खरिद र स्थापनका लागि सहयोगका लागि अनुरोध गर्नुभएको छ ।
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।