कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि पशुपति अंग्रेजी माविका २०६१ सालको एसएलसी ब्याजका विद्यार्थीहरुबाट नगद १ लाख रुपैँया सहयोग भएको छ ।
नगरपालिकाले सुरु गर्न लागेको अक्सिजन प्लान्टका लागि उक्त सहयोग रकम आज कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईलाई विद्यार्थीहरुले नगरपालिकामै पुगि प्रदान गरेका हुन ।
कनकाई नगरपालिकाद्धारा कनकाई नगर अस्पतालमा संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि २ करोड रुपैँया लाग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाई नगर अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १० लाख रुपैँया सहयोग गरिसक्नुभएको छ , २ करोड लागतमा बन्न लागेको अक्सिजन प्लान्टका लागि नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।