Kanakai Online

कनकाईको अक्सिजन प्लान्टका लागि प्रकाश र पविना श्रेष्ठको एक लाख सहयोग


मङ्गलवार, जेठ २५, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्टको लागि कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी युवा व्यावसायी प्रकाश श्रेष्ठ र उहाँकी श्रीमती प्रविना श्रेष्ठले १ लाख ११११ रुपैँया सहयोग गर्नुभएको छ । अब केहि दिनभित्रै कनकाई नगर अस्पतालभित्र संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जनाउनु भएको छ ।
नगरप्रमुख पोखरेलले समेत नगद १० लाख रुपैँया यस कोषमा जम्मा गर्नुभएको छ ।

सम्बन्धित खबर