कनकाई अनलाईन
कनकाई नगरपालिका ६ मा कोरोनाबाट आज एक बुद्धको ज्यान गएको छ ।
कनकाई ६ का ७० बर्षिय एक वृद्धले आज विहान साढे ६ बजे उपचारकै क्रममा बिराटनगरस्थित नोवोल मेडिकल कलेजमा निधन भएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो । ती वृद्ध गत जेठ ६ गते विहिवार कोरोना संक्रमण पुष्टि भएपछि कनकाईको आइसुलेशन वार्डमा एक दिन उपचारपछि थप उपचारका लागि जेठ १२ गते बुधवार विराटनगर नोबेल उपचारका लागि भर्ना गरिएको हो ।
हालपनि कनकाई नगरपालिकाभित्र २ सय ७९ जना संक्रिय संक्रमितहरु एपचारमा रहेकोले स्वास्थ्य मापदण्ड पुरा गर्न र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्कन सबै कनककाई नगरवाशीहरुमा कोरोना फोकल पर्सन अधिकारीले अनुरोध गर्नुभएको छ । कनकाई नगरपालिकाभित्रमात्रै कोरोना कहरकै कारण ज्यान गुमानउने संङ्ख्या पनि दिनानुदिन वढी रहेको छ । हालम्म कनकाईमा १४ जना नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको अधिकारीले बताउँनुभयो ।