कनकाई अनलाईन
कनकाई नगरपालिका ३ टप्पु घरभई हाल इलाम नगरपालिका ७ मा व्यावसाय गर्दै आउनुभएका अर्जुन पाठकले कनकाई नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्ट निर्माणका लागि २१ हजार रुपैँया रकम सहयोग गर्नुभएको छ ।
पाठकले आफ्नी दिवंगत माता मनमाया पाठकको स्मृतिमा उक्त रकम कनकाई नगरपालिकालाई प्रदानगर्नुभएको हो । मनमायाको गत बर्ष मात्रै निधन भएको थियो ।
पाठककले उक्त रकम नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तथा कनकाई अनलाईन र कनकाई साप्ताहिकका सम्पादक प्रकाशक समेत रहनुभएका लीलाराज झापाली मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलाई हस्तानतरण गर्नुभएको हो ।
आजै गोरखापत्र दैनिकका संवाददाता समेत रहनुभएका झापालीले पाठकले दिनुभएको उक्त रकम नगरप्रमुख पोखरेललाई हस्तानतरण गर्नुभयो । कनकाई नगरपालिकामा अक्सिजनको चरम अभाव भएदेखिनै कनकाई अनलाईन तथा कनकाई साप्ताहिकले समेत सहयोगका लागि सबैसग अनुरोध गर्दै आएको छ ।
यता अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले समेत आफ्नो तलव सुविधा वापतको नगद १० लाख रुपैँया जम्मा गर्नुभएको छ ।
नगरप्रमुख पोखरेलले आफ्नी जन्मदिने माताको स्मृतिमा अर्जुन पाठकले अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गरेर अन्य धेरै माताहरुको ज्यान बचाउन मद्धत गरेको भन्दै पाठकलाई धन्यावाद दिनुभएको छ । नगरप्रमुखले देश तथा विदेशमा हुनुहुने सबैसमक्ष अक्सिजन प्लान्ट खरिद र स्थापनका लागि सहयोगका लागि अनुरोध गर्नुभएको छ ।
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।