Kanakai Online

एमालेले बिर्तामोड नगरपालिकालाई दियो ५० थान अक्सिजन


बुधवार, जेठ १९, २०७८ |

कनकाई अनलाईन
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट सङ्कलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौँबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

नगर अस्पतालमा अक्सिजनसहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग सङ्कलन अभियान नै चलाएर रु १५ लाख रकम सङ्कलन गरेको थियो । सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी रु छ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिसिलिण्डर १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उहाँले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताउनुभयो । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको छ ।
अक्सिजन सिलिण्डर हस्तानतण गर्दै नेकपा एमालेका प्रदेश नम्बर एकका अध्यक्ष देवराज घिमिरेले पार्टीले जनताका लागि राम्रो काम गरेको बताउँनुभयो । अक्सिजन सिलिण्डर बुझ्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुब शिवाकोटीले कोभिड नियन्त्रणका लागि नगरपालिकाको काममा थप मद्धत मिलेको बताउँनुभयो ।

सम्बन्धित खबर