Kanakai Online

दाहाल दम्पत्तीद्धारा बैवाहिक बर्षगाँठमा अक्सिजन सिलिण्डरको रकम प्रदान


बुधवार, जेठ १९, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ निवासी दम्पत्ती बेनुप्रसाद तथा रुद्रकुमारी दाहालले आफ्नो ४२ औ बैवाहिक बर्षगाँठको अवशरमा कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि २१ ह्जार रुपैँया सहयोग गर्नुभएको छ ।
दाहाल दम्पत्तीले बैवाहिक वर्षगाँठमा हुने फजुल खर्चलाई कटौटी गरि नगरपालिकाद्धारा स्थापनागरिएको पवित्र कार्यमा योगदान गरेको बताउँनुभयो । उक्त रकम दाहाल दम्पत्तीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई प्रदान गर्नुभएको हो । करिव २ करोड लागतमा कनकाई नगर अस्पतालमा जडान गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आफ्नो तलव सुविधा वापतको १० लाख रुपैँया समेत जम्मा गरिसक्नुभएको छ ।

यस अभियानमा देश विदेशबाट सहयोगी मनहरुबाट सक्दो आर्थिक सहयोग भइरहेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । सहयोग गर्न चाहनुहुनेले
नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।

सम्बन्धित खबर