Kanakai Online

झापाका १५ पालिकालाई ७ अर्ब १८ करोड बजेट


मङ्गलवार, जेठ १८, २०७८ |

कनकाई अनलाईन
प्रधानमन्त्रीको गृह जिल्ला झापाका १५स्थानिय पालिकालाई सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।

आठ नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि २ अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई ७६ करोड ५२ लाख बजेट बिनियोजित गरिएको छ ।

अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड ७१ लाख, कनकाई नगरपालिकालाई ३८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख, दमकलाई रु ७० करोड १७ लाख, बिर्तामोडलाई ७० करोड १७ लाख, भद्रपुरलाई ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई रु ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई ३४ करोड ८६ लाख, कचनकवललाई ३८ करोड ८७ लाख, झापा गाउँपालिकालाई ३४ करोड ८४ लाख, बाह्रदशीलाई ३४ करोड १८ लाख, बुद्धशान्तिलाई ३५ करोड ७६ लाख र हल्दिवारी गाउँपालिकालाई ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।

सम्बन्धित खबर