Kanakai Online

डोजर चलाएर त्रिपालमुनि पुर्‍याइएका सुकुमबासीमाथि नगरपालिकाको अर्को अत्याचार निषेधाज्ञामा भोकै परेका सुकुमबासीको टहरा भत्काउने प्रयास, सुकुम्बासीमाथि प्रहरीको कुटपिट


मङ्गलवार, जेठ ११, २०७८ |


चिरन घिमिरे
गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्‍याइएका सुकुमबासीलाई दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक– ७ स्थित पञ्चमुखी टोलका सात घर सुकुमबासीले त्रिपाल लगाएर बनाएको टहरा सोमबार भत्काउने प्रयास गरेको हो ।

कोरोना महामारीले भोकै भएका सुकुमबासीमाथि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाएर सुकुमबासीमाथि हातपात गर्दै त्यहाँबाट पनि हटाउन खोजेको हो । सोमबार बिहान प्रहरी पुगेर उनीहरूले बनाएको त्रिपालको टहरा भत्काउने प्रयास गरेको थियो । त्यो क्रममा प्रतिकार गर्दा प्रहरीले सुकुमबासीमाथि हातपात गर्‍यो ।

प्रतिकार गर्ने क्रममा सुकुमबासी कोपिला विश्वकर्मालाई महिला प्रहरीले कपालमा समाएर बेहोस बनाएको सुकुमबासी मनीष बराइलीले जानकारी दिए । ‘उहाँहरू त्रिपाल उठाएर लान आउनुभयो । यस्तो वेलामा हामी कहाँ जाने रु दिदी ९कोपिला०ले यस्तो वेलामा टहरा नभत्काइदिनु भन्नुभयो,’ उनी भन्छन्, ‘एकजना महिला प्रहरीले कपालमा तानेर घुमाएको घुमाई गर्नुभयो । दिदी बेहोस हुनुभयो ।’

कोपिला बेहोस भएपछि र सुकुमबासीले विरोध गरेपछि प्रहरी टहरा नभत्काई फर्कियो । बेहोस् भएकी ती महिलालाई पनि उपचारमा लैजानुको सट्टा त्यसै छाडेर हिँडेको सुकुम्बासी राम सम्बाहाम्फेले बताए । ‘माइजू ९कोपिला०लाई बेहोस बनाए । अस्पताल लगिदिनुपर्‍यो भनेर कति भन्यो । उल्टै प्रहरीले उल्टै हप्कायो । तर, बिरामीलाई हेरेनन्,’ उनी भन्छन्, ‘बेहोस भएर लडेकी एउटी महिलालाई छाडेर प्रहरी हिँड्यो । पछि हामीले आफैँ सिटीमा हालेर उपचार गर्न लग्यौँ ।’

२७ फागुनमा डोजर लगाएर घर भत्काएपछि त्रिपालमुनि पुगेका सुकुमबासीलाई नगरपालिकाले वेलावेला बस्तीमा पुगेर धम्की दिइरहन्छ । सोमबार टहरा भत्काउन गएको प्रहरी स्थानीयको अवरोधपछि त्यसै फर्कियो । तर, महिलामाथि हातपात गरेको सुकुमबासी युवा मानाहाङ सुब्बा बताउँछन् । ‘हामी त्रिपालमुनि छौँ । घामपानी यहीँबाट झेलिरहेको छौँ । अर्को हामीलाई खबरै नगरी नगरपालिकाले डोजर लगाएर घर भत्कायो । हामी यहाँ २० वर्षदेखि छौँ । अन्त कहीँ केही छैन । कहाँ जाने रु’ उनले भने, ‘दुई महिनादेखि बिहान–बेलुका प्रहरी आएर महिला दिदीबहिनीलाई औँला उज्याएर पख्लास् भन्दै हिँड्छन् । के हामी यो देशको नागरिक नै होइन रु’

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भोकै परेका सुकुमबासीमाथि प्रहरीले दमक नगरपालिकाले अत्याचार गरेको हो । दुई महिनाअघि घर भत्काउँदा सुकुमबासीलाई पूर्वजानकारी थिएन । उनीहरूले घरका सामान पनि निकाल्न पाएका थिएनन् ।

एकैपटक डोजरसहित बाक्लो प्रहरी बस्तीमा आएपछि झस्किए सुकुमबासी । विगतदेखि नै उचित व्यवस्थापनको माग गर्दै आएका केही सुकुमबासीलाई बिहानै प्रहरीले नियन्त्रणमा लियो । भत्काउँदै गर्दा घर सर्ने समय माग्ने सुकुमबासीलाई पनि पक्राउ गर्‍यो । त्यो वेला सुकुमबासीको घरमा रहेका खाद्यान्नदेखि सबै सामान नगरपालिकाले गाडीभित्र हाल्यो र लग्यो ।

कोरोना महामारीसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । दिनभर काम गरेर बिहान–बेलुका छाक टार्ने सुकुमबासी अहिले समस्यामा छन् । सात घर सुकुमबासीको चुलो निभ्ने अवस्था आएको छ । तर, यस्तै वेला नगरपालिकाले टहरामुनिबाट पनि हटाउन खोज्दै छ । यसवेला उनीहरूलाई अब कहाँ जाने भन्ने चिन्ता छ । भत्काइएका सात घर परिवार विपन्न दलित र जनजातिको छ ।

घर भत्किएपछि गर्दै गरेको काम पनि पाइन छाडेकाले दैनिक हातमुख जोड्नै मुस्किल भएको सुकुमबासी बालकुमार राई बताउँछन् । ‘हामी धेरैजना दैनिक ज्यालादारीमा काम गर्छौँ । तर, घर भत्काएपछि कसैले काम दिन छाड्यो । यिनीहरू त तनाबमा छन्, काम सक्दैनन् भनेर कामै दिँदैनन्,’ उनी भन्छन्, ‘नगरपालिकाले पनि दिएको सामान फिर्ता दिएन । अब के खाएर बाँच्ने रु उल्टै यस्तो घरमा आएर कुटपिट गर्छ ।’

उनीहरू एउटै टहरामा सात घर बस्दै आएका छन् । सुरुवातमा भान्सा पनि एकै ठाउँ थियो, सात परिवारको । तर, अहिले भान्सा अलग छ । सुत्ने ठाउँ एउटै टहरमा छ । उनीहरूले घर भत्काएर रहेका पुराना टिनलाई सदुपयोग गर्दै टहरा बनाएका छन् । तर, यो महामारीको समयमा पनि नगरप्रहरी दैनिकजसो आएर उनीहरूलाई धम्क्याइरहेको बलबहादुर विश्वकर्मा बताउँछन् । ‘सुरुमा त हामीले अधिकारका लागि आन्दोलन पनि गर्‍यौँ । तर, कोरोनाले अहिले सबै ठप्प भयो । यहाँ कसरी बसेका छौँ यसको पीडा कसलाई थाहा छ र १’ उनी भन्छन्, ‘टहरा बनाएको देखेर नगरपालिकाको आँखा बलेको छ । घरिघरि नगर प्रहरी आएर धम्की दिइरहन्छन् । यहाँबाट नहटे जुनसुकै वेला खेदाउने भनिरहन्छन् ।’

महामारीमा टहरा बनाउने अनुमति कसले दियो रु स् मेयर ओली

महामारीमा किन लखेट्न खोजिएको भनेर प्रश्न गर्दा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले महामारीमा सुकुमबासीलाई कसले टहरा बनाउने अधिकार दियो भन्दै प्रतिप्रश्न गरे । मेयर ओलीले त्यहाँ रहेका सुकुमबासीलाई अन्त व्यवस्थापन गर्दा पनि नगएको दाबी गरे ।

यस्तै, प्रहरीको कुटाइबाट महिला घाइते नभएको दाबी उनको थियो । ‘ती महिलाले नाटक गरेकी हुन् । प्रहरीले कुट्दै नकुटी कसरी घाइते भइन् रु उनलाई प्रहरीले अस्पताल लगेको सूचना मलाई आएको छ,’ उनले भने, ‘नयाँ पत्रिकाले दमकमा भएको राम्रो काम देख्दैन रु किन यस्तै कुरा मात्र लेख्छ रु’

सम्बन्धित खबर