कनकाई अनलाईन
झापाको अर्जुनधारा ११ स्थित रेखा खोलामा करेन्ट लगा माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सो ठाउँका ३८ बर्षीय धनेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको बीएण्डसि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले तामाङसंग गएका दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम स्थायी घर भई सो ठाउँमा बस्दै आएका ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिरहेको प्रहरीले जनाएको छ ।