कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको कोभिड अस्पतालका लागि अक्सिजन सहयोग आउनेक्रम जारी छ । यसैक्रममा कनकाई माविको २०६३ सालको एसएलसी ब्याज २०६३ ले अक्सिजन सिलिण्डर खरिदका लागि ६३ हजार सहयोग गरेको छ ।
कनकाई नगरपालिकाको कार्यालयमा नै गएर विद्यार्थी प्रतिनिधिहरुले नगर प्रमुख राजेन्द्र पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । वर्ष २०६३ का पूर्व विद्यार्थी पूर्ण श्रेष्ठको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्व विद्यार्थी भीम राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आँफूहरुले गरेको सानो सहयोगले विरामीको उपचार सेवामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयको एसएलसी वर्ष २०६३ को व्याचमा भएका २ सय २५ जना विद्यार्थीहरुले फेशबुक रुपमा भएको सामान्य कुराकानीका आधारमा संकलन भएको प्रारम्भिक चरणको रकम अक्सिजन खरिदकालागि स्थानीय सरकारलाई हस्तान्तरण गरेको संयोजक भीम राजवंशीले जानकारी दिनुभयो ।
कनकाई माविको एलएसली ब्याज २०६३ का लागि संयोजक कृष्ण शाहको नेतृत्वमा
सदस्यहरु भीम राजवंशी, श्रृजना श्रेष्ठ, प्रबिन कटुवाल,
युनिता दवाडी, तुलसा थापा
नविनकुमार राई, दिल बहादुर गुरुङ्ग र सदस्य सचिब पूर्ण श्रेष्ठ रहेको समिति गठन गरेको थियो ।
कोरोना भाइरसको संक्रमण तिव्र गतिमा अघि बढेसँगै सक्रिय संक्रमित नगरवासीहरुको प्राथमिक चरणको उपचार सेवाकालागि नगरपालिकाले नगर स्वास्थ्य अस्पतालमा अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याइसकेको नगर प्रमुख पोखरेलले बताउँनुभयो । कनकाई नगर कोभिड अस्पतालमा अक्सिजन ग्यास सिलिण्डरको अभाव भएको वारेमा कनकाई अनलाईनमा समाचार प्रकाशन भएपछि यस क्षेत्रका विद्यार्थी समाज, समाजसेवी संघ संस्थाले प्रतिसिलिण्डर २१ ह्जारका दरले सहयोग रकम समेत प्रदान गर्दै आएका छन ।