Kanakai Online

मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी,दुई घर जलेर नस्ट


सोमवार, जेठ १०, २०७८ |

मन्जिल नेपाल
झापा / झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मंगलबारे बजारमा गएराति आगलागी भएको छ।
आगलागीबाट दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एक घरमा आंशिक क्षति भएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन ।

नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट दुईवटा घर पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको हो । आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर र घरमा रहेका होटल , पसल सबै जलेर नष्ट भएको शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले बताइन् ।चिमरियाको आफ्नो जीउको लुगाबाहेक केही पनि नजोगिएको उनले बताए ।

राति १.३० बजेदेखि शुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । स्थानीय र तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको शिवसताक्षी नगरपालिका वडा नं.२ का वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए ।विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन।