Kanakai Online

भाइरल तस्वीरमा कनकाई नगरपालिकाको कुनै गल्ती छैन नगरप्रमुख


सोमवार, जेठ १०, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका समेतको नाम मुछिएर केहिदिन पहिले सामाजिक संजाल र संचारमाध्यममा अक्सिजन सिलिण्डर लिएको तस्वीर भाइरल बनेको थियो । त्यसमा कनकाई नगरपालिकाको कुनै संग्लनता नभएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रष्ट पार्नुभएको छ ।
झापा जिल्ला भरका लागि आएको सिलिण्डर र अन्य सामाग्रीहरुलाई केहिछिन सुरुङ्गास्थित कनकाई नगरअस्पतालको अगाडि राखिएको र कनकाईको कोरोना अस्पतालका लागि भनेर १० थान अक्सिजन सिलिण्डर दिइएको समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो । आफुलाई पनि सिलिण्डर लिन आउनु भनेर फोन आएपछि आएको हो ।

लिनुहोस भनियो लिन्न भन्न मिलेन अक्सिजन सिलिण्डर लिन जादा फोटोसेशन भयो भीड जम्मा भयो यसमा म दुखी छु । नगरप्रमुख पोखरेले भन्नुभयो । नियमित प्रक्रियाबाट आउने सामानहरुमा यतिसाह्रो किन गरियो यस घटनाप्रति मलाई दुख्ख लागेको छ । यस घटनामा कनकाई नगरपालिकाले स्थान मात्रै उपलब्ध गराइदिएको हो हाम्रो कुनै कार्यक्रम होईन नगरप्रमुख पोखरेलले भन्नुभयो । हामीलाई बदनाम गराउन खोजियो सत्य कुरा यहि हो पोखरेलले भन्नुभयो ।
केहि दिन पहिले हरियो अक्सिजन सिलिण्डर लिएको तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बनेको थियो ।

सम्बन्धित खबर