Kanakai Online

पाथिभरा परोपकार संस्थाद्धारा अक्सिजन सिलिण्डर खरिदका लागि २१ हजार


सोमवार, जेठ १०, २०७८ |

कनकाई अनलाईन
कनकाई अनलाईनमा कनकाई कोभिड अस्पतालका लागि अक्सिजन अभाव भएको समाचार प्रकाशनमा आएपछि सहयोगी दाताहरुको सङ्ख्या वढिरहेको छ ।
आज यहाँस्थित पाथिभरा परोपकार संस्था कनकाई ३ ले कनकाई नगर अस्पतालको आइशुलेशनमा एक थान अक्सिजन खरिदका लागि नगद २१ हजार प्रदान गरेको हो ।


संस्थाका अध्यक्ष निलकृष्ण सेढाईँ, सचिव दिनानाथ खतिवडा, कोषाध्यक्ष रमेश हुमागाईँ, सदस्यहरु भ्mलक सिटौला,दुर्गा भट्टराई, सल्लाहकार मोहन सिटौला,लक्ष्मी अधिकारी लगायातको टोलीले आज विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त अक्सिजन खरिदको रकम प्रदान गर्नुभएको हो । संस्थाका सचिव दिनानाथ खतिवडाले संस्थाले नगरका कोरोना संक्रमितहरुका लागि अक्सिजन खरिदका लागि प्रदान गरिएको बताउँनुभयो ।
कनकाईको नगर अस्पतालमा कोरोना संक्रमितहरुका लागि आइसुलेशन सुरु भएको कनकाई नगर कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउनुभयो ।

सम्बन्धित खबर