लेखक-उदय मैनाली
जननेता मदन भण्डारीको स्मरण केवल औपचारिक्ताको विषय होइन। मदनका देनहरू आधुनिक नेपाली राजनीतिको मेरुदण्ड भइसकेका छन्भन्दा अत्युक्ति हुँदैन। राजा, पञ्च र कांग्रेसको दबदबालाई दह्रो चुनौती दिँदै भण्डारीले आजको एमालेलाई दिएको विचार, जनाधार र सदाचारको बलियो जग पृथ्वीनारायण शाहले सानो पर्वते राज्य गोर्खालाई थमादिएको सौभाग्यको समतुल्य छ।
नेपालमा पनि पाँचौं महाधिवेशनमा आएर तत्कालीन एमाले पार्टीले जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्तलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनायो । यो सिद्धान्तले हामी कम्युनिस्ट भए पनि डेमोक्र्याट नै हो भनेर प्रमाणित गर्यो । डेमोक्र्याट हनु आपत्ति होइन । तर, जनवाद भनिसकेपछि कम्युनिष्ट पार्टीको लिडरशिप हुन्छ । सबै पार्टी र विचारलाई कम्युनिस्टले नेतृत्व गर्छन् । तर, नेपालमा सिद्धान्तले जनवाद भने पनि यथार्थमा जनवाद भने भएन ।
जनवादअनुसार कम्युनिस्ट पार्टीले नेतृत्व लिन सकेनन् । नेतृत्व लिन नसक्नुको मुख्य कारण जनताको बहुदलीय जनवाद (जबज)ले निर्वाचनलाई केन्द्रमा राख्नु नै हो । जबजमा जनवाद, कम्युनिस्टको डोमिनेन्सभन्दा बढी निर्वाचन हावी भयो । १४ वटा विशेषतासहित सार्वजनिक गरिएको जबज दस्तावेजमा जबज आफैंमा एउटा विशेषता हो भनिएको छ ।
निर्वाचनको शक्ति र त्यसको निर्णयलाई सर्वस्वीकार्य ठान्नु भनेको बेलायतको वेस्ट मिनिस्टर मोडल हो, अर्थात् हाम्रा कम्युनिस्ट पार्टीले वेस्ट मिनिस्टर मोडललाई स्वीकार गरे । निर्वाचनमा जसले जित्छ, त्यही सत्तामा आउने कुरा स्वीकारे । तर, जनवादले यो कुरा स्वीकार गर्दैन ।
संविधानको सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, खुल्ला समाज, पृथककीरण, मानवअधिकारजस्ता विषय जबजमा समेटिएका छन् । यी जम्मै विशेषता वा विषय बेलायती वेस्ट मिनिस्टर मोडलबाट सापटी लिइएका हुन् ।
जबजमा बहुमतको सरकार । अल्पमतको प्रतिपक्ष । विदेशी पुँजी र प्रविधि । सामन्तलाई क्षतिपूर्ति दिने कुरा लेखिएका छन् । यी सबै विशेषता वेस्ट मिनिस्टरबाट सापटी लिइएका हुन् । अर्थात् जबजले कम्युनिस्टको खोलमा पुँजीवादी संसदीय व्यवस्था अँगाल्यो । जबजका सबै विशेषता÷मर्मसँग पुँजीवादी संसदीय व्यवस्था हुबहु मिल्छ । पुँजीवादी संसदीय व्यवस्थाभन्दा फरक छैन जबज ।
त्यसैले जबज भन्ने दस्तावेज नौलो दस्तावेज होइन । कुनै भंयकर ठूलो दस्तावेज होइन । जबज भन्ने दस्तावेज लेख्ने मदन भण्डारी आफ्नो समयका पपुलर नेता थिए । मीठो भाषण गर्थे । हकी स्वभावका थिए । तर, उनले लेखेको यो सिद्धान्त भने कम्युनिस्ट सिद्धान्त होइन ।
नेपाली क्रान्तिको अगुवाइ गर्न सक्षम पार्टी बन्न सक्नुमा एमालेले बोकेका विशेषता र आधारमाथि भण्डारी यसरी प्रकाश पार्नुभएको छ :
(१) सर्वप्रथम हाम्रो पार्टीको सिद्धान्तनिष्ठता, रचनात्मकता र गतिशील जनदिशा, खुला हृदयी, आत्मालोचक र क्रान्तिकारी साहसिकता, पार्टीलाई एकतावद्ध राख्ने र कार्यकर्ता परिचालन गर्ने कुरामा दिइएको जोड तथा सिंगो पार्टीको क्रान्तिकारी आशावाद यसका प्रमुख तत्त्व हुन्।
(२) देश, जनता र क्रान्तिको हितका निम्ति काम गर्दा बाटामा आइपर्ने जस्तासुकै कठिनाइ र जोखिमहरूलाई पनि झेल्ने कार्यकर्ताहरूमा उन्नत स्तरको मानसिक संकल्प हुनु।
(३) जनतासँग घुलमिल गर्ने, उनीहरूको माया र विश्वास जित्ने, उनीहरूको दु:खसुखमा सहभागी हुनु। पार्टीको वरिपरि गोलबन्द गर्ने क्षमता राम्रो हुनु।
(४) जनताबाट, बन्धु पार्टीका अनुभवहरूबाट र आफ्नै पुराना अनुभवहरूबाट सिक्ने अठोट हुनु।
(५) क्रान्तिकारी काममा समर्पित भएर लाग्ने, आन्दोलनका उतार चढाव, अनुकूलता, प्रतिकूलताजस्ता सबै बेलामा उत्साहपूर्वक र अविरलरूपमा लागिरहने दृढता हुनु।
(६) आफ्ना विचार र कामको समीक्षा गर्ने, तिनीहरूमा रहेको गुणदोष केलाउने, गल्ती कमजोरीहरू खोज्ने र तिनीहरूलाई सच्याउने तत्परता तथा साहस हुनु।
(७) व्यक्तिगत हितलाई पार्टी हितको मातहतमा राख्ने र पार्टी हितलाई क्रान्ति र जनताको हितको मातहतमा राख्ने दृष्टिकोण र व्यवहारमा जोड दिनु।
(८) पार्टी एकतालाई सर्वोपरी महत्त्व दिने, खास गरी फुट र विभाजनले क्षतिग्रस्त भएको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने महान् दायित्वलाई मुख्य महत्त्व दिएर सिद्धान्तनिष्ठ पार्टी एकतालाई सर्वोपरी महत्त्व दिने भावना भएको पार्टी चरित्र कायम गर्नु।
(९) जनताप्रति, पार्टीप्रति, आफ्ना क्रान्तिकारी सिद्धान्तहरूप्रति आत्मविश्वास राख्ने र स्वतन्त्रतापूर्वक कार्य गर्ने मनोबल हुनु।
(१०) देश र जनताका शत्रुहरूप्रति तीव्र वर्गघृणा हुनु।
(११) क्रान्तिलाई सहयोग गर्ने र जनताको हित हुने कुनै पनि स्वतन्त्र र नयाँ नीति, कार्यनीति लिनुपर्दा नि:संकोच र जनताको बीचमा खुला हृदयले जाने शैली हुनु।
(१२) विचार र काममा पार्टीव्यापी रूपमा एकरूपता कायम गर्नु, नीति र निर्णय लिइसकेपछि तिनीहरूको कार्यान्वयनमा समान भावना र उत्साह लिएर सिंगो पार्टी दृढतापूर्वक जुट्नु।